प्रदेश आपत्कालिन उद्धार कार्यक्रम सम्बन्धी सूचना
प्रदेश आपत्कालिन उद्धार कार्यक्रम सम्बन्धी सूचना
सूचना प्रकाशित मिति २०८१/०९/२५
गते
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट सञ्चालित हुने महिला,
बालबालिका र समाज कल्याण सम्बन्धी कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८१
२.१.२४. प्रदेश आपत्कालिन उद्धार कार्यक्रम (महिला
बालबालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक लगायत जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिहरुको
लागि)
खर्च शीर्षक: २२५२२
इकाईः पटक
लक्ष्यः १
बजेट रु हजारमाः १०००
त्रैमासिक अवधिः दोस्रो / तेस्रो / चौथो
शीर्षक |
विवरण |
१.
पृष्ठभूमि |
जोखिमपूर्ण अवस्थामा रहेका महिला, बालबालिका, अपाङ्गता
भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुलाई तत्काल उद्धार,
औषधी उपचार, कानूनी सहायता, मनोवैज्ञानिक उपचार, राहत तथा पुनर्स्थापना, शिक्षा,
स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कार्यमा आर्थिक | सहयोग उपलब्ध
गराउन यो कार्यक्रम समावेश गरिएको छ । |
२.
कार्यक्रमको उद्देश्य |
·
जोखिमपूर्ण
अवस्थामा रहेका महिला, बालबालिका, अपाङ्ता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरुको
लागि उद्दार, संरक्षण तथा पुनर्स्थापना, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता
परिपूर्ति गर्ने कार्यमा सहयोग गर्नु, ·
हिंसा
पीडित तथा प्रभावितलाई कानूनी सहायता, मनोवैज्ञानिक उपचार तथा मनोविमर्श सेवा प्रदानका
साथै जोखिममा रहेका व्यक्तिहरुलाई स्वरोजगारका लागि प्रोत्साहन गर्नु । |
३.
कार्यक्रम कार्यान्वयन गर्ने निकायहरु |
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय |
४.
बजेट वाँडफाँट |
अनुसूची – १ बमोजिम खर्च गरिने |
५.
सञ्चालन गरिने क्रियाकलाप |
·
मन्त्रालयको
वेबसाइट मार्फत सूचना प्रकाशन ·
प्राप्त
निवेदनका आधारमा तत्काल उद्धार समन्वय संजालको बैठकबाट छलफल सहित मन्त्रालयलाई सिफारिस
गरी अनुसूची १ बमोजिम आर्थिक सहयोग उपलब्ध गराउने । ·
प्रतिवेदन
तयार गर्ने । |
६.
अपेक्षित प्रतिफल |
·
हिंसा
पीडित व्यक्तिलाई राहत तथा जोखिमपूर्ण अवस्थाका महिला, बालबालिका, अपाङ्ता भएका व्यक्ति
तथा ज्येष्ठ नागरिकहरुको लागि उद्धार, संरक्षण तथा पुनर्स्थापना शिक्षा, स्वास्थ्य
लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कार्यमा सहयोग पुगेको हुनेछ । |
७.
पेश गर्नुपर्ने कागजातहरु |
पीडित, प्रभावित तथा जोखिममा परेका व्यक्तिको निवेदन पहिचान खुल्ने कागजात कागजातहरु प्रहरी / स्थानीय तहको सिफारिस पत्र खर्च भएका बिलभर्पाई सहयोग उपलब्ध गराइएका व्यक्तिहरुको विवरण |
८.
अनुगमन
गर्ने निकाय |
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय |
अनुसूची- १
आपत्कालिन उद्धार कार्यक्रम
अन्तर्गत राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने रकमको हद र आधार
(क) जोखिमपूर्ण अवस्थामा रहेका
महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुलाई
तत्काल उद्दार, औषधी उपचार, कानूनी सहायता, मनोवैज्ञानिक उपचार, राहत तथा पुनर्स्थापना,
शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिको लागि आर्थिक सहयोग प्रदान
नगरेमा गम्भीर तथा मानवीय क्षति हुने देखिएमा मन्त्रालयले सो प्रयोजनको लागि प्रति
घटना बढिमा पचास हजार रुपैयाँसम्म खर्च गर्न वा उपलब्ध गराउन सक्नेछ ।
(ख) पिडितले कुनै सिप तालिम
प्राप्त गरी व्यावसाय संचालन गर्नका लागि वस्तुगत तथा नगद अनुदान माग गरेमा बढीमा प्रति
व्यक्ति बीस हजार रुपैयाँसम्म बीउपूँजि अनुदानको रुपमा
(ग) पिडितलाई कानूनी सहायता,
मनोवैज्ञानिक उपचार वा मनोविमर्शका लागि बढिमा पाँच हजार रुपैयाँ सम्म लागेको यथार्थ
खर्च,
(घ) पिडितलाई तत्काल उद्दार
गर्नु पर्ने भएमा सवारी साधन प्रयोग गर्नु पर्ने भए सार्वजनिक सवारी
साधनबाट यात्रा गर्दा लाग्ने
भाडा रकम, खाना खर्च वापत प्रति दिन तीन सय रुपैयाँ र बास बस्नु पर्ने भए सो वापत छुटै
रकम दिनु पर्ने भएमा प्रतिदिन पाँच सय रुपैयाँको दरले बढीमा पाँच हजार रुपैयाँ,
(ङ) पिडितलाई अस्पताल भर्ना
गरी औषधी उपचार गर्नु पर्ने भएमा अस्पताल जाँदा सवारी साधन प्रयोग गर्नु पर्ने भए सार्वजनिक
सवारी साधन प्रयोग गर्दा लाग्ने भाडा रकम, खाना खर्च वापत प्रति दिन तीन सय रुपैयाँ,
अस्पतालमा बस्ने व्यवस्था नभई वाहिर बस्नु परेमा बढीमा पाँच दिनको बास खर्च वापत प्रति
दिन पाँच सय रुपैयाँ र उपचार खर्च समेत गरी बढीमा छ हजार पाँच सय रुपैया गरी लागेको
यथार्थ खर्च,
(च) पुनर्स्थापनाको लागि बढिमा
सात हजार रुपैयाँसम्म, विशेष अवस्थामा कामको प्रकृति हेरी बढिमा दश हजार रुपैयाँसम्म
(छ) पीडितसंग कुनै बालबच्चा
भए बालबच्चाको लागि पीडित सरहको खाना खर्च रकम ।
(ज) माथि उल्लेखित बमोजिमको
रकम अपर्याप्त भएको मनासिव आधार र प्रमाण सहित कुनै पीडितले
मन्त्रालयमा लिखित निवेदन दिएमा
र सो व्यहोरा मनासिव देखिएमा मन्त्रालयले त्यस्तो पीडितलाई दुई हजार रुपैयाँमा नवढ्ने
गरी मनासिव रकम थप गर्नका लागि सिफारिस गर्न सक्नेछ ।
Comments
Post a Comment